गायिका लामाको ''धेरै माया नगर्नु यहाँ कसैलाई'' सार्वजानिक [भिडिओ]

सोमबार, मंसिर २५, २०८०

काठमाडौँ- आधुनिक गायनमा निक्कै लोकप्रियता कमाउन सफल चर्चित गायिका पुर्णिमा लामाले लामो समयको अन्तरालपछि नयाँ गीत सार्वजानिक गरेकी छन् ।

लोकप्रिय गायक तथा संगितकार गोविन्द मधुर आचार्यको शब्द,संगितमा रहेको ''धेरै माया नगर्नु यहाँ कसैलाई'' बोलको गित पुर्णिमा लामाको आवाजमा सार्वजानिक भएकाे हाे ।

आफ्नो कर्म नै गीत संगीत भएता पनि आफु केही बर्षदेखी घाँटीमा समस्या भएकोले वरिष्ठ चिकित्सकको सुझाव अनुसार हाल सम्म रेस्ट गरेर बसेको गायीका लामाले बताइन् । अस्वस्थ्यको कारण लामो समयसम्म गीत संगीत क्षेत्रबाट ओझेलमा बस्नु परेको उनकाे भनाइ छ ।

हालै सार्वजानिक गीतको रेकर्डिङ मालश्री रेकर्डिङ स्टुडियोमा भएको हो भने ध्वनी सम्पादन खडका बाजुरालिले गरेका हुन् । 

गीत अत्यन्तै मार्मिक रहेको र आफुले पनि सक्दो न्याय गरेर  गाएकी छु गायिका लामाले बताइन् । उनकाे  "फुल भनुँ जिन्दगीलाई", "मुटु जलि खरानी भो" लगायत गीतहरु चर्चीत छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १८:०३
प्रतिक्रिया दिनुहोस्