यातायात व्यवस्था कार्यालय कोशीका तत्कालिन प्रमुखसहित ५ जना कारागार चलान

मंगलबार, मंसिर १९, २०८०

मोरङ– यातायात व्यवस्था कार्यालय कोशीका तत्कालिन प्रमुखसहित पाँच जना कारागार चलान भएका छन् ।

राजस्व हिनामिना मुद्दामा विशेष अदालतबाट कैद निर्धारणपछि फरार रहेका तत्कालिन प्रमुख नयराज नेपालसहित पाँच जना मंगलबार कारागार चलान भएका हुन् । 

फैसलापछि फरार भएका तत्कालिन कार्यालय प्रमुख नेपाल, लेखापाल मणिराज दाहाल, कुमारबहादुर कटुवाल, टीकाराम अधिकारी र देवराज नेपाललाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी अदालतमा बुझाएको हो ।

मंगलबार पाँचै जनालाई कारागार चलान गरिएको मोरङ प्रहरीले जनाएको छ । विराटनगरमा लुकेर बसेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जन कुमार दाहालले जानकारी दिए । उनले आफुहरुलाई फैसला कार्यान्वयन गराउने क्रममा प्राप्त नामहरुका आधारमा भ्रष्टाचार मुद्दामा फरार रहेको जानकारी प्राप्त भएपछि पक्राउ गरिएको जानकारी दिए ।

राजस्व हिनामिना सम्बन्धी सो भ्रष्टाचार मुद्दामा विशेष अदालत काठमाण्डौले यातायात कार्यालय इटहरीका तत्कालिन तीन जना उपसचिवहरु रमेश प्रसाद दाहाल, विष्णुप्रसाद पौडेल, होमनाथ भट्टराई र लेखा अधिकृत सुरेश अधिकारी र सहलेखापाल टंक बहादुर खड्का सहित ११ जनालाई दोषी ठहर गरी कैद बिगो र जरिवाना तोकेको थियो । 

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १८:४६
प्रतिक्रिया दिनुहोस्