शरणार्थी प्रकरणमा थुनछेकविरुद्धको पुनरावेदन हेर्दाहेर्दैमा

बुधबार, मंसिर १३, २०८०

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक आदेशविरुद्धको पुनरावेदन हेर्दाहेर्दैमा राखिएको छ । काठमाडौँ जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरावेदन निवेदनमाथिको सरकारी वकिलको बहस भने सकिएको छ ।

भोलिबाट जवाफी बहस हुनेछ । नक्कली भुटानी शरणार्थी प्रकरणका २० प्रतिवादीको बहस सकिएसँगै हिजैबाट सरकारी वकिलले बहस थालेका थिए ।

काठमाडौँ जिल्ला अदालतले यसअघि १६ जनालाई थुनामा राख्ने आदेश दिएको थियो ।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १७:२४
प्रतिक्रिया दिनुहोस्