नेभिगेशन
सुरक्षा–अपराध

टिकटकर रमा बस्नेत पक्राउ

काठमाडौँ- टिकटकर रमा बस्नेत पक्राउ परेकी छन्।

खोटाङ हलेसीतुवाचुङ नगरपालिका वडा नं ६  स्थायी घर भई हाल भक्तपुरमा बसोबास गर्दै आएकी ३१ वर्षीया बस्नेतलाई नेपाल प्रहरीको साइबर ब्युरोले गरेको हो ।

उनलाई आज भक्तपुरबाट पक्राउ गरेको प्रवक्ता एवं सूचना अधिकारी एसपी दीपक राज अवस्थीले जानकारी दिए ।

ब्युरोले सामाजिक सञ्जाल टिकटकमा नियमित तथा नियोजित रूपमा जातीय एवम् साम्प्रदायिक भावनामा खलल पुऱ्याउनुको साथै प्रतिष्ठित व्यक्ति तथा संस्थालाई लक्षित गरी, तथ्य र आधारहीन विषयलाई उठान गरी, भ्रामक विषयवस्तु प्रसारण गरी, व्यक्ति, संस्था र सम्प्रदाय प्रति नकारात्मक धारणा फैलाई चरित्र हत्या भएको आरोपमा  बस्नेतलाई पक्राउ गरेको उनले बताए ।

ब्युरोले इलेक्ट्रोनिक कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरिएको छ । हाल उनी जिल्ला अदालत काठमाडौँको आदेशअनुसार तीन दिनको म्याद थप गरी अनुसन्धान भइहरेको छ।

उनले आफ्नो टिकटकमा हो म रविको  झोले हो भन्दै  बनाएर राखेकी थिइन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

दुर्गा पनि पुगे डिल्लिबजार जेल