नेभिगेशन
सुरक्षा–अपराध

जेलमै झन्डै मारिएका युनुस अन्सारी गए उच्च अदालत पाटन तर किन?

काठमाडौं– लामो समयसम्म जेल जीवन बिताएर निस्कानासाथ प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेका युनुस अन्सारी उच्च अदालत पाटन पुगेका छन्।

उनी बन्दी प्रत्यक्षीकरणको रिट लिएर शुक्रबार अदालत पुगेका थिए। उनको रिटको सुनुवाई आइतबारका लागि तोकिएको छ। 

भारतीय नक्कली नोटको कारोबारी गरेका कारण जेल सजाय भएको थियो। उनी नख्खु कारागारमा रहेका थिए। 

अन्सारी जेठ १० गते नख्खु कारागारबाट छुटेका थिए। सीआईबीले उनीविरुद्ध सम्पत्ति शुद्धिकरणको मुद्दामा अनुसन्धान गरिरहेको छ।

२०७६ जेठ १० मा  अन्सारीसहित ६ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। उनीहरूबाट प्रहरीले त्यतिबेला ७ करोड ७६ लाख नक्कली भारतीय रुपैयाँ बरामद गरेको थियो।

सो घटनामा अन्सारीलाई अदालतले ६ वर्ष कैद सजाय र ६० हजार जरिवाना ठहर गरेको थियो। उनलाई सुरुमा केन्द्रीय कारागारमा सुन्धारामा राखिएकोमा कारागारभित्रै भारतीय सुटर मनमित भटियाले हत्या प्रयास गरेका थिए। त्यसपछि नख्खु कारागार सारिएको थियो।

उनले नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्युरो, आर्थिक तथा वित्तीय अपराध अनुसन्धान महाशाखा, आर्थिक तथा वित्तीय अपराध अनुसन्धान सम्पत्ति शुद्धीकरण शाखा, कारागार कार्यालय नख्खु र जिल्ला अदालत काठमाडौँलाई विपक्षी बनाएका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

टिकटकर रमा बस्नेत पक्राउ

दुर्गा पनि पुगे डिल्लिबजार जेल