नेभिगेशन
सुरक्षा–अपराध

दुर्गा पनि पुगे डिल्लिबजार जेल

काठमाडौं– पूर्पक्षका लागि थुनामा राख्ने आदेशसँगै राजावादी आन्दोलनका जनकमान्डर बनेका दुर्गा प्रसाईंसहितलाई डिल्लिबजार जेल लगिएको छ।

विहीबार आदेश आएपछि शुक्रबार डिल्लिबजार जेल लगिएको हो। डिल्लिबजार भीआईपी जेलका रुपमा ख्याती कमाएको छ। पूर्व प्रदेशमन्त्री रहेका राजीव गुरुङ उर्फ दीपक मनाङे पनि सोही जेलमा छन्।

तीनकुनेमा गएको बर्षको १५ चैतमा भएको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति आदेश दिएको थियो। 

राति झण्डै साढे १२ बजे आदेश आएपछि उनीहरु ७ जना र धरौटी बुझाइनसकेका ६ जना गरी १३ जनालाई डिल्लीबजार कारागार लगिएको हो। तर ती ६ जना भने धरौटी बुझाउनासाथ रिहा हुनेछन्। 

कारागार चलान हुनेमा प्रसाईंसँगै तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपानी रेग्मी, शुशील बराल, केशव बस्नेत र कुमार तामाङ रहेका छन्। 

अन्य ३२ जना प्रतिवादीलाई भने धरानैटीमा रिहा गर्न अदालतको आदेश छ। उनीहरुलाई १० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म धरौटीमा रिह ा गर्न जिल्ला न्यायाधीश ध्रुबराज कार्कीले आदेश दिएका छन्। 

हरिहर चौलागाईँ, सन्तोष राजावादी भन्ने सन्तोषकुमार सिलवाल, भिम भन्ने हेमराज थापा, विष्णुजंग बस्नेत भन्ने विष्णु बस्नेतलाई जनही एक लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न अदालतको आदेश छ। 

यस्तै निराजनकुमार गिरी, प्रेमबहादुर श्रेष्ठ, दिनेश खड्का, अमित शाह र जितबहादुर श्रेष्ठलाई ५० हजार रुपैयाँका दरले धरौटी तोकिएको छ। 

गोपाल मल्ल, पुष्कर खतिवडा, कुमार बस्नेत, मनबहादुर काला, रमेश राई, कमल कुमार विष्ट, लोकबहादुर बस्नेतलाई २० हजार रुपैयाँका दरले धरौटी तोकिएको छ। 

बाँकी १६ जनालाई १० हजार रुपैयाँका दरले धरौटीमा रिहा गर्न अदालतको आदेश छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध