राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगले तोक्याे नयाँ मतभार

बुधबार, मंसिर ६, २०८०

काठमाडौं- निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिने मतदाताहरूको नयाँ मतभार तोकेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार आयोगले नयाँ मतभार कायम गरेको हो ।

आयोगका अनुसार प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका जनप्रतिनिधिहरूको मतभार १९ कायम हुनेछ । यसअघि प्रदेशसभाको ४८ र स्थानीय तहका जनप्रतिनिधिको १८ थियो ।

नेपालको संविधानको धारा ८६ को उपधारा (३) बमोजिम राष्ट्रिय सभाका एक तिहाइ सदस्यहरूको पदावधि आगामी फागुन २० गते समाप्त हुन लागेको छ । पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्