आज देशका उच्च तथा हिमाली भू–भागमा हिमपातको सम्भावना

बुधबार, मंसिर ६, २०८०

काठमाडौँ - हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको देखिन्छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही, कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहने
मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही देशको बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  ०६:५६
प्रतिक्रिया दिनुहोस्