रेखाको कटाक्षः एउटा सानो एप बन्द हुँदा रुवाबासी गर्ने केही नेताले देश बनाउने रे !

शनिबार, मंसिर २, २०८०

काठमाडौं - टिकटक बन्द भएपछि विरोधमा उत्रिएका व्यक्तिहरु प्रति अभिनेत्री रेखा थापा कटाक्ष व्यक्त गरेकी छिन् । अभिनेत्री तथा राप्रपाकी नेतृ रेखाले ट्वीटर मार्फत कटाक्ष व्यक्त गरेकी हुन् ।

उनले एक्स (पहिलेको ट्वीटर)मा लेखेकी छन्, ‘यति सानो एउटा एप बन्द हुँदा यस्तो रुवाबासी गर्ने केही नेता र केही सो–कल्ड इन्टलेक्चुअल (कथित बौद्धिक) ले देश बनाउने रे ।’

रास्वपा, एमाले, कांग्रेस लगायतका दलका नेताले टिकटकमा रोक लगाउने निर्णयको विरोध गरिरहेका छन् । तयस्तै टिकटक बन्द गर्ने सरकारको निर्णयको विरोधमा हिजो (शुक्रबार) मात्रै सर्वोच्च अदालतमा आठवटा रिट दायर भएका छन् । अदालतले सोमबारलाई प्रारम्भिक सुनुवाइको मिति तय गरेको छ ।

 

प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  १२:११
प्रतिक्रिया दिनुहोस्