क्यामरून आक्रमणमा महिला र बालबालिकासहित २० जना मारिए

सोमबार, कात्तिक २०, २०८०

याउण्डे– क्यामरूनको एक अशान्त एङ्लोफोन क्षेत्रको एउटा गाउँमा सोमबार अलगाववादी विद्रोहीले गरेको आक्रमणमा परी महिला र बालबालिकासहित करिब २० जनाको मृत्यु भएको सुरक्षा र स्थानीय अधिकारीहरूले बताएका छन् ।

पश्चिमी क्यामरूनको एग्बेकाउ गाउँमा विगत सात वर्षदेखि विद्रोही र सरकारी सेनाबीच झडप हुँदै आएको छ ।

नाम नबताउने शर्तमा एक वरिष्ठ क्षेत्रीय प्रशासनिक अधिकारीले भने, “आक्रमणमा परी २० जनाको मृत्यु भएको छ, पुरुष, महिला र बालबालिका र गरी १० जना गम्भीर घाइते भएका छन् ।”

सुरक्षा बलका एक अधिकारी र सरकारी निकायका एक अधिकारीले पनि आक्रमण र घाइतेको सङ्ख्याको पुष्टि गरेका छन् ।

सन् २०१७ मा पृथकतावादीहरूले स्वतन्त्रताको घोषणा गरेदेखि नै क्यामरूनको मुख्यतः अङ्ग्रेजी भाषी उत्तरपश्चिम र दक्षिणपश्चिम क्षेत्रहरू द्वन्द्वको चपेटामा परेका छन् । यसले फ्रेन्कोफोन बहुमतद्वारा कथित भेदभावको बारेमा दशकौंको गुनासोलाई पछ््याएको छ ।

मध्य अफ्रिकी राष्ट्रमा ४० वर्षसम्म कठोर शासन गरेका राष्ट्रपति पल बियाले व्यापक स्वायत्तताको मागलाई सम्बोधन गर्न नसकिने बताएका छन् । 

अन्तर्राष्ट्रिय सङ्कट समूहका अनुसार द्वन्द्वका कारण छ हजारभन्दा बढीको ज्यान गइसकेको छ भने १० लाखभन्दा बढी मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् ।

पृथकतावादी र सरकारी फौज दुवैमाथि युद्धमा ज्यादती गरेको आरोप लाग्दै आएको छ ।

नाम नबताउने शर्तमा एक स्थानीय प्रहरी अधिकारीले एएफपीलाई टेलिफोन दिएको जानकारी अनुसार विद्रोहीहरूले एग्बेकाउका सर्वसाधारणमाथि आक्रमण गरेका छन् र अस्थायी मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ र करिब १५ घर जलेका छन् ।

क्यामरूनको मानव अधिकार आयोगका एक अधिकारीले आक्रमणको पुष्टि गर्दै १५ जनाको मृत्यु भएको बताएका छन् । “तर यो आँकडा वृद्धि हुनसक्छ,’ स्रोतले एएफपीलाई भन्यो। 

(((

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  २०:५७
प्रतिक्रिया दिनुहोस्