नेभिगेशन
समाज विविध

कालीमाटी सडकमा मृत भेटिए सेनाका लेसनायक कार्की

काठमाडौं नेपाली सेनाको लेसनायक पदमा कार्यरत सुमन कार्की कालीमाटीमा मृत फेला परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनी सडकमा मृत फेला परेका हुन्।

सोल्टिमोड स्थित दरवार बैंकेट अगाडि सडक पेटिमा कार्कीको शव फेला परेको हो।

काठमाडौंको चन्द्रागिरि नगरपालिका घर भएका नेपाली सेनाका २६ वर्षीय कार्कीको शवबाट सेनाको आइडी फेला परेको थियो।

कार्कीको गणेश दल गण जंगी अड्डा भद्रकालीमा दरवन्दी रहेका थियो   घटनाको थप अनुसन्धान गर्न घटनास्थलमा नेपाली सेनाको मेजर क्षेत्र जंग हमाल सैनिक प्रहरी, गणेश दल गण जंगि अड्डा भद्रकालीका उपसेनानी, रक्षा कार्की खटिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध