नेभिगेशन
समाज विविध

विश्व पौडेलविरुद्धको रिट दरपिठ, गभर्नर बन्ने बाटो खुल्यो त?

काठमाडौं– नयाँ गभर्नरका लागि प्रस्ताव गरिएका डा. विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा परेको रिट दरपिठ भएको छ।

सर्वोच्च अदालतले पौडेलविरुद्धको रिट दरपिठ गरिदिएको हो। नेपाल राष्ट्रबैंकको ऐनविपरीत गभर्नर नियुक्त गर्न लागिएको भन्दै अधिवक्ताद्वय प्रतीभा उप्रेती र विशाल थापाले रिट पेश गरेका थिए।

सो रिट सर्वोच्च प्रशासनले शुक्रबार दरपिठ गर्ने विविध आधार दिएको छ।

पौडेललाई र सिफारिस समितिले गभर्नर नियुक्तिका लागि सिफारिस गरेको नदेखिएको, पत्रपत्रिकामा प्रकाशित समाचारको आधार बनाई अनिश्चित विषयमा निवेदन दर्ताको लागि पेश गरेको र सामूहिक हकअधिकार कसरी हनन भएको भन्ने प्रष्ट नखुलाएको लगायतका कारणले रिट दरपिठ गरेको सर्वोच्च प्रशासनले जनाएको छ।

रिट दरपिठ भएका कारण अब सिफारिस समितिले उनको नाम गभर्नरमा सिफारिस गर्न सक्छ। तर, त्यसपछि पनि रिट पर्न सक्ने सम्भावना कायम नै रहेको बताइन्छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध