Nic Ad Nic Ad
Nic Ad Nic Ad

राजसंस्था मानेकी वीपीकी ‘रियल’ नातिनी

आइतबार, कात्तिक १२, २०८०

काठमाडौं– नेपाली कांग्रेसको मुख्यालयमा पर्वहरूका अवसरमा गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई डाकिएन । राजसंस्थाको अन्तिम राजाका रुपमा रहेका उनलाई नडाक्नुको कारणबारे नखुलाइए पनि मुख्य दल, नयाँ दलका सबै नेता डाकिएका थिए।

एकातिर ‘राजा आऊ देश बचाऊ’ भन्ने नाराका गुञ्जयमानसित त्रसित कांग्रेसले राजा ज्ञानेन्द्रको देशाटनका बेला उर्लिएको जनसागर देखेको हुनुपर्छ। तर, कांग्रेस पृष्ठभूमी, खासगरी कांग्रेसको नशाभित्र बगिरहेको विश्लेश्वरप्रसाद कोइरालाको विचारको तरङ्ग कहाँ छुट्यो होला? तर रगतको झन्कारले राजालाई मानिरहेको तस्बिर यसै साता सार्वजनिक भयो। 

कांग्रेस कहाँ पुग्यो। कसको एजेन्डामा भासियो? यसको हेक्का गिरीजाप्रसाद कोइरालाले राखेनन्, सभापति शेरबहादुर देउवाले राख्ने कुरै आएन। तर, १७ बर्षसम्म कालकोठरीमा थुन्दा पनि वीपीले नछाडेको राजसंस्थाको एजेन्डा बाँचुञ्जेल कृष्णप्रसाद भट्टराईले छाडेनन्, उनको देहान्छपछि कांग्रेसमा त्यस्तो सुरवीर जम्माजम्मी खुमबहादुर खड्का थिए, ति पनि बितिगए। 

तर यो गति र आवाजलाई नसुन्ने भन्ने त्यो परिवारमा छैनन् भन्ने होइन। वीपीपुत्र प्रकाश कोइरालाले सुनिरहे तर उनको प्रभाव त्यति गतिलो भएन। तर, बलिउडमा कुनै समय रजगज गरेकी वीपीकी रियल नातिनी मनिषाले भने राजसंस्थाको एजेन्डा छाडेकी छैनन्। 

कुनै अन्तरवार्तामा उनले भनेकी थिइन्,‘वीपी बाले राजा र मेरो घाँटी जोडिएको छ किन भन्नुभएको थियो होला? यसको कुनै गहिरो अर्थ थियो र भन्नुभयो होला नि!’

हो, उनै मनिषाले राजसंस्थाको लाज र मान यो दशैंमा देखाइन्। हजुरबाले खडा गरेको कांग्रेसको विरासतबाट बनेका राष्ट्रपति रामचन्द्र पौडेलसँग होइन, इतिहासको बिरासतले तय गरेको राजसंस्थाका मानक राजा ज्ञानेन्द्र शाहकहाँ दशैंको टिका थाप्न पुगिन्।

उता वीपीपुत्र भएर पनि कांग्रेस राजनीतिमा सक्रिय रहेका डा. शशांक कोइराला राजसंस्थाबारे मौन छन्। आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार रहेको भनी मख्ख पारिदिएका कारण उनले बाबु वीपीको विचार र व्यवाहारलाई भन्दा आफ्नो राजनीतिक महत्वकांक्षालाई बढी चासो दिएको कांग्रेसजनको आरोप छ। 

राजसंस्थाको विषय उच्चारण नगरे पनि शंकर भण्डारीलगायतका नेताले हिन्दूत्वको विषयलाई भने पार्टीमा जोडतोडका साथ उठाइरहेका छन् । एक नेता भन्छन्,‘यो आवाजको नेपथ्यमा राजसंस्थाको आवाज पनि लुकेको छ। कांग्रेसभित्र यो विषय खुल्छ।’

मनिषाले देखाएको राजाप्रतिको सद्भावले उनको राजनीतिक जीवनको उदय हुँदा कांग्रेसमा धक्का लाग्न सक्ने पूर्वानुमान गर्न सकिन्छ। किनभने देशका जानेमाने व्यक्तित्व अहिले राजाको क्रेजप्रति नतमस्तक छ।

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १३:४९
प्रतिक्रिया दिनुहोस्