Nic Ad Nic Ad
Nic Ad Nic Ad
साफ च्याम्पियनसिप

भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि

शनिबार, असोज १३, २०८०

काठमाडौँ– उनाइस वर्षमुनि (यु–१९) पुरुस साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ ।

त्रिपुरेश्वोरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा भारतले पाकिस्तानलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । 

यससँगै साफ यु–१९ च्याम्पियनसिपको उपाधिमा भारतले ह्याट्रिक गरेको छ । यसअघि सन् २०१९ र २०२२ को साफ च्याम्पियनसिपमा भारत च्याम्पियन बनेको थियो ।

भारतको जितमा मालिङथन किप्गेनको दुई गोल गरे भने गोगमसिर गोयारीले एक गोल गरे । खेलको ६४औँ मिनेटमा किप्गेनले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाए । त्यस्तै उनैले खेलको  ८५औँ मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै भारतको अग्रता दोब्बर पारे । त्यसपछि गोगमसिर गोयरीले खेलको दोस्रो हाफको अतिरिक्त समयमा हेडमार्फत गोल गरे ।

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १९:५६
प्रतिक्रिया दिनुहोस्