नेभिगेशन
खेलकुद

एसियाडमा नेपाली क्रिकेट टोलीले आज मंगोलियासँग खेल्दै

काठमाडौं -१९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आज नेपालले मंगोलियासँग खेल्दैछ।

नेपाल र मंगोलियाबीचको खेल नेपाली समय अनुसार बिहान पौने ७ मा सुरु हुनेछ। नेपालसँगको खेलसँगै मंगोलिया पुरुष क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्नेछ।

नेपाली टिम आइतबारै चीन पुगिसकेको छ। ललित राजवंशी घाइते भएपछि टोलीमा सामेल गरिएका सागर ढकाल मंगलबार मात्रै चीन गएका छन्। यस्तै अदालतले मुद्दा स्थगित गरेपछि सन्दीप लामिछाने पनि त्यसतर्फ गएका छन्।

समूह ‘ए’को नेपालले आफ्नो दोस्रो खेलमा आइतबार माल्दिभ्ससँग खेल्नेछ। समूह ए, बी र सीका शीर्ष १–१ टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन्। टेस्ट टोली भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले सिधै क्वाटरफाइनल खेल्नेछन्।

नेपालको निराशाजनक प्रदर्शन

एसियाडमा नेपालको निराशाजनक प्रदर्शन जारी रहेको छ। चौंथो दिन मंगलबार नेपालले विभिन्न ८ खेलमा प्रतिस्पर्धा गर्दा पदकको खाता खोल्न सकेन्। नेपालले मंगलबार एकलतर्फ स्क्वास, तेक्वान्दो, उसु, जुडो, पौडी, बक्सिङ, र टेनिस तथा टिम इभेन्ट्समा रग्बी सेभेन्समा प्रतिस्पर्धा गरेको हो।

रग्बी सेभेन्समा नेपाल जितविहिन हुँदै घर फर्किने भएको छ। यस विधामा पहिलो पटक एसियाडमा प्रतिस्पर्धा गरेको नेपालले समुह चरण र नकआउट पुग्न नसक्ने टोलीबीच ९ देखि १३ औं स्थानका लागि भएको सबै खेलमा हार व्यहोर्यो। प्रतियोगितामा नेपाल ६ खेल खेल्दा एक खेल पनि जित्न सकेन। १३ टोली सहभागी प्रतियोगितामा नेपाल पुछारमा रह्यो।

जुडोमा नेपालका रन्जेश गोले र आकृति जोशीले प्रतिस्पर्धा गरे। पुरुष १ सय केजी माथिको तौल समुहको अन्तिम १६ मा रन्जेश काजाकिस्तान र महिला ७८ केजी माथि आकृति उज्वेकिस्तानसँग हारेको हो। यससँगै जुडोमा नेपालका सबै खेलाडीको चुनौती सकिएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

नेपाल र हङकङबीचको खेल रद्द