नेभिगेशन
खेलकुद

टी-२० विश्वकपको एशिया छनौटमा नेपाली महिला क्रिकेट टिमले आज बहराइनविरुद्ध खेल्दै

काठमाडौ - महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपालले आज बहराइनविरुद्ध खेल्दै छ । बैंककमा हुने यो खेल नेपाली समय अनुसार बिहान सवा ८ बजेदेखि शरू हुने भएको छ 

यस अघि शुक्रबार  हङकङ चाइनाविरुद्ध खेल बर्षाले हुन नसकेपछि रद्ध भएको थियो  । 

अब नेपालले अर्को खेल मे १३ मा फेरी हङकङ चाइना र मे १५ मा बहराइनसँग खेल्ने तालिका रहेको छ ।

कुल ९ देशले भाग लिने यस एशिया छनौटमा नेपाल समुह सी मा रहेको छ । नेपालको समुहमा बहराइन र हङकङ रहेका छन् । एशिया छनौटको समुह ए मा भुटान कुवेत र थाइल्याण्ड रहेका छन् भने समुह बी मा मलेसिया, कतार युएई रहेका छन् ।

समुहमा हरेक टिमले एक अर्काविरुद्ध २-२ खेल खेलेपछि समुह बिजेता ३ देशले फाइनल राउण्ड खेल्ने छन् । फाइनल राउण्डमा एक अर्काविरुद्ध खेलेपछि शिर्ष दुई देश विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट हुने छन् ।

एशिया छनौट खेल्न नेपाल क्रिकेट संघ (क्यान) लेइन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको छ । नेपाली टिममा इन्दु बर्मा (कप्तान), पुजा महतो (उपकप्तान), रोमा थापा, रुबी पोडार, रुबिना क्षेत्री, कबिता कुँवर, बिन्दु रावल, सबनम राई, कविता जोशी, इश्वरी बिष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमती ऐरी र रिया शर्मा रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप खेलकुद

नेपाल र हङकङबीचको खेल रद्द