नेभिगेशन
खेलकुद

टेस्ट क्रिकेटबाट सन्यास लिँदै स्टार बिराट कोहली, यस्तो छ उनको ‘टेस्ट इतिहास’

काठमाडौं– भारतका स्टार क्रिकेटर बिराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिने तयारी गरेका छन्। उनले यसबारेको जानकारी भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)लाई जानकारी गराएका छन्।

३६ वर्षीय कोहलीलाई बीसीसीआईले विशेषगरी आगामी जुन–जुलाईमा हुने इंग्ल्यान्डविरुद्धको महत्त्वपूर्ण पाँच टेस्ट म्याचको शृंखलालाई मध्यनजर गर्दै उनलाई यो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ।

कोहलीको सम्भावित सन्यासले भारतीय टेस्ट टोलीमा ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ। किनकि उनी भारतका सर्वाधिक सफल टेस्ट कप्तान हुन्। उनले २०१४ देखि २०२२ सम्म टेस्ट टोलीको नेतृत्व गरेका थिए र ६८ म्याचमा ४० जित हासिल गरेका थिए।

यसअघि भारतीय टेस्ट टोलीका नियमित कप्तान रोहित शर्माले मे ७, २०२५ मा टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए। 

कोहलीले २०११ मा वेस्टइन्डिजविरुद्ध टेस्ट डेब्यू गरेका थिए। हालसम्म उनले १२३ टेस्ट म्याच खेलेर ४६.८५ को औसतमा ९,२३० रन बनाएका छन्।

उनको टेस्ट करियरमा ३० शतक, ३१ अर्धशतक, र ७ दोहरो शतक समावेश छन्।

उनले टेस्टमा ९,००० रनको आँकडा पार गर्ने चौथो भारतीय ब्याट्सम्यानको कीर्तिमान पनि बनाएका छन्। 

२०२४ मा पर्थ टेस्टमा अष्ट्रेलियाविरुद्ध ३०औँ टेस्ट शतक प्रहार गरेका थिए, जसले उनलाई डन ब्र्याडम्यान (२९ शतक)लाई उछिन्दै सचिन तेण्डुलकर (५१ शतक), राहुल द्रविड (३६ शतक), र सुनिल गावस्कर (३४ शतक) पछि भारतको चौथो स्थानमा थियो।

कोहलीले २०२४–२५ को अष्ट्रेलिया भ्रमणमा सम्पन्न भएको बोर्डर(गावस्कर ट्रफीपछि आफ्नो टेस्ट भविष्यबारे सोच्न थालेका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप खेलकुद

नेपाल र हङकङबीचको खेल रद्द