Nic Ad Nic Ad
Nic Ad Nic Ad

आर्मेनियाले सम्बन्ध विच्छेद खोजेको रुसको आरोप

सोमबार, असोज ८, २०८०

मस्को– येरेभानले गत हप्ता नागोर्नो–काराबाख क्षेत्रमा अजरबैजानी सैन्य आक्रमण रोक्न रुसी शान्ति सेना असफल भएको आरोप लगाएपछि मस्कोले सोमबार आर्मेनियालाई द्विपक्षीय सम्बन्ध विच्छेद गर्न खोजेको आरोप लगाउँदै येरेभानको आलोचना गरेको छ ।

“येरेभानको नेतृत्वले नियोजितरूपमा रुससँग आर्मेनियाको बहुआयामिक र शताब्दीयौं पुरानो सम्बन्धलाई दाउमा पारेर देशलाई पश्चिमा मुलुकको भूराजनीतिक खेलमा लागेर ठूलो गल्ती गरिरहेको छ,” रुसको विदेश मन्त्रालयले एक विज्ञप्ति निकालेर भनेको छ । 

अजरबैजानको भूभागको रूपमा अन्तरराष्ट्रिय मान्यता दिइएको नागोर्नो–काराबाख विगत तीन दशकदेखि जातीय आर्मेनियालीहरूद्वारा नियन्त्रित छ । 

सन् १९८८ मा आर्मेनिया र अजरबैजानबीच सुरु भएको द्वन्द्वको म्ुख्य जड तत्कालीन सोभियत सङ्घ टुक्रिएपछि भएको युद्धमा आफूले जितेको भूभाग आफ्नै नियन्त्रणमा हुनुपर्ने आर्मेनियाको अडान हो । 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  २०:२७
प्रतिक्रिया दिनुहोस्