प्रधानमन्त्री प्रचण्डले चीनका अगाडि भारत भ्रमणका ति दिन सम्झलान् ?

सोमबार, असोज ८, २०८०

काठमाडौंराष्ट्र संघको महासभामा सहभागी भई सिधा चीनको औपचारिक भ्रमणमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई त्यहाँको सरकारले उच्च सम्मान दिएको छ।

प्रचण्डलाई विशेष सम्मान गार्ड अफ अनर प्रदान गरिएको छ। बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री प्रचण्डलाई सोमबार बिहान चीन सरकारको तर्फबाट चिनियाँ जनमुक्ति सेना (पीएलए)  को विशेष टुकडीले सलामीसहित गार्ड अफ अनर प्रदान गरेको हो।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डका चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङ पनि सहभागी थिए। राष्ट्रपति सी चिन फिनसँग पनि उनको भेट भइसकेको छ।

यसअघि पहिलो विदेश भ्रमणका रुपमा भारतमा पुगेका प्रचण्डले यो उचाईको सम्मान पाएका थिएनन्। उनलाई भारत सरकारले गार्ड अफ अनरको सम्मान नदिँदा आलोचना भएको थियो भने स्वागतमा राज्यमन्त्री सरहलाई पठाएको थियो।

चीनले जुन हैसियतमा प्रचण्डलाई सम्मान दिएको छ, भारतले त्यो उचाँई नदिनुको कारण पहिल्याउन माओवादी केन्द्र र सत्ता साझेदार दलले मन्थन गर्न आवश्यक रहेको देखिन्छ।

कुटनीतिक मामलाका विशेषज्ञहरूका अनुसार छिमेकी मुलुकमा भारतले यो सरकारलाई दिने हैसियत र चीनले दिएको सम्मानको तुलना नै गर्न नमिल्ने टिप्पणी गरेका छन्।

चीनले दिएको सम्मानका अगाडि भारत भ्रमण गर्दाका ति दिन प्रचण्डले सम्झन आवश्यक रहेको कतिपयको बुझाई छ।

भारत भ्रमणका समयमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट भए पनि त्यहाँको सरकारले प्रचण्डलाई कुटनीतिक रुपमा खासै महत्व नदिएको टिप्पणी प्रतिनिधि सभामा पनि उठेको थियो। उनी नागरिकता विधयेक पारित गरी भारत पुगेका थिए।

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १०:४१
प्रतिक्रिया दिनुहोस्