काराबाख शरणार्थी अर्मेनिया प्रवेश गर्ने क्रम शुरू

आइतबार, असोज ७, २०८०

कोर्निडजोर– अजरबैजानले पृथकतावादी क्षेत्रविरुद्ध गरेको आक्रमणपछि नागोर्नो–काराबाख शरणार्थीको पहिलो समूह आइतबार अर्मेनियामा प्रवेश गरेको सीमा क्षेत्रमा रहेका एएफपी सम्वाददाताले जनाएका छन् ।

अर्मेनियाको विदेश मन्त्रालयका अधिकारीहरूले दर्ता गरेको अर्मेनियाली गाउँ कोर्निडजोरमा प्रवेश गर्नुअघि केही मानिसहरूको समूह अजरबैजानका सीमा रक्षकहरूबाट रोकिएको थियो ।

यस समूहमा मुख्यतया महिला, बालबालिका र वृद्धवृद्धाहरू रहेका थिए ।

शरणका लागि पुगेका भनिएका केही व्यक्तिले जनाएअनुसार उनीहरू सीमा क्षेत्रको इघत्साहोग गाउँबाट आएका थिए भने केहीले लामो दूरीको यात्रा गरेको बताएका थिए ।

अजरबैजानको आक्रमणले बुधबार विद्रोहीहरूलाई शान्तिका लागि मुद्दा हाल्न र निःशस्त्रीकरण गर्न सहमत नहुञ्जेलसम्म आफू पृथकतावादी प्रतिरोधको हिस्सा रहेको एक व्यक्तिले बताए ।

“हाम्रो परिवारका सदस्य आश्रयस्थलमा थिए,” मेट्स शेन गाउँबाट आएका ३० वर्षीय ती व्यक्तिले आफ्नो नाम नखुलाउने शर्तमा भने । “हिजो हामीले आफ्नो राइफल बिसाउनुपर्थ्यो। त्यसैले हामी हिँड्यौँ,” उनले भने ।

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १८:४२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार