नेभिगेशन
खेलकुद

क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द दोहोरिएका छन् ।

शनिबार भएको निर्वाचनमा चन्द दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । उनी यसअघि पनि अध्यक्ष थिए ।

अध्यक्ष पदमा चन्दको मात्रै उम्मेदवारी परेको थियो ।

यस्तै रोशन सिंह उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । उनी यसअघि कोषाध्यक्ष थिए ।

यस्तै कोषाध्यक्षमा पदम खड्का निर्विरोध भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

नेपाल र हङकङबीचको खेल रद्द