नेभिगेशन
खेलकुद

एन्फाको साधारण सभा प्रवेशमा गणेश थापालाई रोकियो, अनि भयो तनाव

काठमाडौं– अखिल नेपाल फूटबल संघ (एन्फा)को काभ्रेमा सुरु हुन लागेको साधारण सभामा पूर्वअध्यक्ष गणेशथापालाई प्रवेशमा प्रतिबन्ध गरिएपछि तनाव भएको छ।

शुक्रबारदेखि धुलिखेलमा साधारण सभा हुने भएको हो। साधारण सभामा प्रवेशका लागि पास नभएको भन्दै एक समूहले थापालाई गेटमै रोकेपछि तनाव भएको हो।

आक्रोशमा आएका एन्फा पूर्व अध्यक्ष थापाले भनेका छन्,‘साधारण सभामा रोक्नका लागि अदालतको आदेश मान्दिन भन्नपर्छ।’

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले थापालाई १६ अप्रिल २०१५ देखि प्रतिबन्ध लगाएपछि उनी निष्कृयजस्तै भएका थिए। १५ अप्रिल २०२५ मा प्रतिबन्ध फुकुवा भएपछि उनी फुटबलका गतिविधिहरुमा पुनः सक्रिय हुन थालेका थिए।

यसबीचमा अदालतले पनि एन्फाको साधारणसभामा सहभागी हुन पाउने बाटो खोलिदिएको थियो। त्यसैले उनी एन्फाको नियमित साधारण सभामा भाग लिन धुलिखेल पुगेका थिए।

थापाले भ्रष्टाचार गरेको, घुस लिएको र विभिन्न धाराहरु उल्लंघन गरेको ठहर फिफाको अनुशासन समितिले गरेपछि उनी दश वर्षे प्रतिबन्ध र २१ लाख जरिवानामा परेका थिए।

खासगरी उनले फिफामा मतदान गर्दा घुस लिएको भनी आरोप लागेको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद