शिक्षा विधयेकमा असहमती

देशभरका शिक्षक–शिक्षिका काठमाडौंको सडक आन्दोलनमाः ७० लाख विद्यार्थीको ‘पढाई ध्वस्त’ (फोटो/भिडिओ )

बुधबार, असोज ३, २०८०

काठमाडौ.कक्षा कोठामा हुनुपर्ने देशैभरका शिक्षकशिक्षिका ३० हजार सामुदायिक विद्यालयको अध्ययन ठप्प पारेर काठमाडौं जाम गरी सडक आन्दोलनमा उत्रिएका छन्।

61695195570.jpg

सरकारले एकातिर संविधान दिवसको अवसरमा कार्यक्रम गर्दा उता शिक्षकशिक्षिका भने आफूलाई पर्ने अन्यायको बिरोधमा सडकमा उत्रिएका हुन्।

21695195569.jpg

प्रतिनिधि सभामा प्रस्तावित विद्यालय शिक्षा विधयेकको विरोधमा देशभरका शिक्षक कक्षा कोठा छाडेर काठमाडौंको सडक आन्दोलनमा उत्रिँदा देशैभरका ७० लाख विद्यार्थीको पढाई ध्वस्त भएको छ।

11695195569.jpg

शिक्षकशिक्षिकाहरू माइतीघरवानेश्वर सडक ढाकेर विरोधमा उत्रिँदा काठमाडौंको ट्राफिक अस्तव्यस्त बनेको छ। आन्दोलनको नेतृत्व नेपाल शिक्षक महासंघले गरेको छ।

31695195569.jpg

प्रस्तावित विधयेकमा १८ बुँदे असहमति राख्दै महासंघको आह्वानमा भएको आन्दोलनमा राहत, करार, बालविकास, स्थायीलगायत शिक्षक कर्मचारी सहभागी छन्। सरुवा, बढुवा, दरबन्दीलगायतका मुद्दा उठाएका उनीहरुले स्थानीय तह मातहत नबस्ने घोषणा गरेका छन्।

41695195569.jpg

सरकारले महासंघसँग समन्वय नगरी विधेयक सदनमा प्रस्ताव गरेपछि आन्दोलनको चेतावनी दिइएको थियो। तर, सरकारले महासंघसँग वार्ता नगरेपछि पूर्वघोषित कार्यक्रमअनुसार शिक्षकशिक्षिका आन्दोलनमा उत्रिएका हुन्।
11695195569.jpg

भिडिओ हेर्नुहोस्

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १३:११
प्रतिक्रिया दिनुहोस्