एसिया कप फाइनलमा श्रीलङ्काविरुद्ध बलिङ गर्दै भारत
काठमाडौँ - एसिया कप क्रिकेट २०२३ को फाइनलमा श्रीलङ्काले टस जितेको छ ।
कोलम्बोमा टस जितेर श्रीलङ्काका कप्तान दसुन शनाकाले ब्याटिङ रोजेपछि भारतले बलिङको निम्तो पाएको हो । श्रीलङ्काले केहीबेरमा ब्याटिङ थाल्नेछ ।
एसिया कपमा भारत र श्रीलङ्का सर्वाधिक सफल टिममा पर्छन् । भारतले ७ पटक र श्रीलङ्काले ६ पटक उपाधि जितेको छ । यस्तै पाकिस्तानले २ पटक उपाधि जितेको छ । एसिया कपको यो १६ औँ संस्करण हो ।
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८० १५:२८
प्रतिक्रिया दिनुहोस्