Nic Ad Nic Ad
Nic Ad Nic Ad

लन्डनको लेस्टरमा गुन्जीयो एलिस निर्देशित गीत

मंगलबार, भदौ २६, २०८०

काठमाडौंलन्डनको लेस्टर स्क्वायरस्थित आईम्याक्स सिने वलर््डमा गोर्खा वारियरमा पहिलो पटक नेपाली गीत गुन्जिएको छ।

हलिउड र बलिउड सिनेमा प्रिमियर गरिरहने उक्त स्थानमा गोरखा ब्रिगेडको ब्यान्डको संगित सहयोगमा एलिस कार्कीको निर्देशनमा गीत गुन्जिएको हो।

उक्त गीत नेपाली माध्यममा गायक राजेश पायल राईले प्रस्तुत गरेका थिए भने हिन्दी भाषामा गोर्खाको सम्मानस्वरुप सान्तनु मुखर्जी (सान)ले गाएका थिए।  हलिउड बलिउड सिनेमासँग मात्र परिचित आइम्याक्समा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव पनि गर्ने गरिन्छ।

आउँदो डिसेम्बर दोस्रो साता ब्रिटिस फिल्म फेस्टिबल यहीँ हुँदैछ। अहिले सार्वजिन गीत सशस्त्र प्रहरी बलका पूर्वमहानिरिक्षक (आईजी) शैलेन्द्र खनालले लेखेका हुन्।

सन् १९४८ देखि सन् १९६० सम्म चलेको युद्धमा सुरुमा ४८औं गोर्खा ब्रिगेड तथा पछि १७औं गोर्खा डिभिजनलाई परिचालन गरिएको थियो। यसैलाई मध्यनजर गरी उक्त गीत जय गोर्खाली अर्थात् गोरखा एन्थम नामबाट सार्वजनिक हुनेछ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १३:२३
प्रतिक्रिया दिनुहोस्