नेम्वाङको निधनले मुलुकलाई ठुलो क्षति भयाे - भट्टराई

मंगलबार, भदौ २६, २०८०

काठमाडौँ - नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधान सभा अध्यक्ष एवं पूर्व सभामुख सुवास नेम्वाङको निधनबाट मुलुकले क्षति व्यहोरेको बताएका छन् ।

उनले एमाले उपाध्यक्ष नेम्वाङको निधनबाट आफू स्तब्ध र मर्माहत भएको बताए । ‘आँखामा राखे पनि नबिझाउने, मृदुभाषी, असल व्यक्तित्व नेम्वाङको निधनबाट देशले क्षति व्यहोरेको छ’, उनले भने, ‘मैले आत्मीय मित्र गुमाएको छु’, अध्यक्ष भट्टराईले नेम्वाङप्रति श्रद्धाञ्जली र परिवारजन तथा पार्टी पङ्क्तिमा समवेदना व्यक्त गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ११:५५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार