पाइलट बाबाले भरतपुरमा योग तथा समाधि प्रशिक्षण दिने 

बिहीबार, भदौ २१, २०८०

काठमाडौँ - योग तथा समाधी गुरु पाइलट बाबाले चितवनको भरतपुरमा योग तथा समाधि प्रशिक्षण दिने भएका छन्  देवनगर\चम्पानगरस्थित लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट हवेलीमा यो कार्यक्रम आयोजना हुनेछ ।

मंसिर ८ देखि २८ मंसिरसम्म ५ दिनसम्म योग तथा समाधी प्रशिक्षण हुनेछ । प्रशिक्षणका दौरान सहभागीहरुलाई हवेलीमै खाने, बस्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

सिमित कोटा भएकाले पहिले दर्ता हुन आउनेलाई पहिलो प्राथमिकता दिइने आयोजकले जानकारी दिएको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १४:०४
प्रतिक्रिया दिनुहोस्