प्रिगोजिन विमान दुर्घटनासँग युक्रेनको कुनै सरोकार छैन : जेलेन्स्की

बिहीबार, भदौ ७, २०८०

कीएभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विमान दुर्घटनामा वाग्नरका प्रमुख येवगेनी प्रिगोजिनको मृत्युसँग आफ्नो देशको कुनै सम्लग्नता र सरोकार नरहेको बताएका छन् । 

“यो अवस्थासँग हाम्रो कुनै सरोकार छैन, यो निश्चित छ । मस्को र सेन्ट पिटर्सबर्गको बीचमा प्रिगोजिनलाई यात्रुको रूपमा दर्ता गरिएको एक निजी जेट दुर्घटना भएको एक दिनपछि उहाँले पत्रकारहरूसँग भने,“मलाई लाग्छ: यो कसको चिन्ता हो, सबैलाई थाहा छ ।”

दुर्घटनाग्रस्त एम्ब्रेर लिगेसी जेटमा रहेका वाग्नर प्रमुख प्रिगोजिनसहित सबै १० यात्रुको शव फेला परेको रूसी आपत्कालीन सेवाले जनाइसकेको छ । प्रिगोजिनले दुई महिना अघि असफल विद्रोह सुरु गरेर राष्ट्रपति भ्लादिमिर पुटिनलाई चुनौती दिएका थिए ।

प्रिगोजनसमेत सवार उक्त जेट समस्याका कुनै सङ्केत नै नदेखाइ अचानक खसेको ‘फ्लाइट ट्र्याकिङ डेटा’मा देखिन्छ । त्यसपछि करिब ३० सेकेन्डमा उक्त जेट २८ हजार फिटको उचाइबाट आठ हजार फिटभन्दा तल खसेको थियो । प्रहरीले दुर्घटनास्थल वरपरको क्षेत्रलाई ‘सिल’ गरेको छ  ।  

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  २०:०९
प्रतिक्रिया दिनुहोस्