पल शाहलाई बलात्कार अभियोग लगाउने समिक्षालाई अस्ट्रेलियाले भिसा नदिनुको कारण

बिहीबार, भदौ ७, २०८०

काठमाडौंनवलपरासी र चितवन अदालतमा अभिनेता पल शाहविरुद्ध बलात्कार अभियोगमा उजुरी दर्ता गरी अदालतमा बयान फेरेकी गायिका समिक्षा अधिकारीलाई अस्ट्रेलिया इमिग्रेशनले भिसा दिन अस्वीकार गरेको खबर सतहमा आएको छ। 

उनले यसअघि नै पाएको एक वर्ष अवधिको भिसा रद्द गरिएको हो। नाबालिगसँगको सम्बन्धका कारण शाहले पूर्पक्षका लागि थुनामा बस्नु परेको थियो। उनी १० लाख धरौटीमा पछि छुटेका थिए। 

फागूपूर्णिमामा अस्ट्रेलिया यात्राको क्रममा उनले आफू १८ वर्ष नपुगेकाले केयर टेकर आवश्यक पर्ने भन्दै दिदीलाई लिएर गएकी थिइन्। फर्किँदा उनले दिदीलाई उतै छोडेर आएको कारण अहिले भिसा रद्द भएको बताइन्छ।

तिजको कार्यक्रमका लागि जान लागेकी उनले भिसा पाइनन्।  पहिले लगेको केयर टेकर उतै छाडेको कारण नेपालस्थित अस्ट्रेलियन दूतावासको प्रतिनिधि कार्यालयले उनको भिसा रद्द गरिदिएको बताइएको छ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १३:३५
प्रतिक्रिया दिनुहोस्