सात नेपाली भाषामा ‘धन्यवाद’

सोमबार, साउन २९, २०८०

काठमाडौँ– गायक तथा सङ्गीतकार टङ्क बुढाथोकीले एउटै गीतलाई सात नेपाली भाषामा तयार गरेका छन् ।

सार्वजनिक गरिएको ‘धन्यवाद’ बोलको गीत नेपालीसँगै, नेवारी, तामाङ, थारू, राजवंशी, खस र भोजपुरी भाषामा तयार गरिएको छ । आफ्नै सङ्गीत र शब्द रहेको गीत गायनमा अनु चौधरीले साथ दिएको गायक बुढाथोकीले जानकारी दिए । 

“एक वर्षदेखि गरेको मेहनतले आज मूर्तरुप आएको छ । यी गीतमार्फत हाम्रो संस्कृतिलाई पनि प्रवर्द्धन गर्ने कोसिस गरेको छु”, गायक बुढाथोकीले भन्नुभयो, “सबै भाषाको ज्ञान नहुँदा केही समय लम्बिएको हो । मैले पनि पचासभन्दा बढी पटक अभ्यास गरेर गएको हुँ ।”

अडियोसँगै सम्पूर्ण भाषाको भिडियो पनि तयार गरेर सार्वजनिक गरिएको छ । कार्यक्रममा उपस्थित गीत तथा भिडियोसँग जोडिएका सदस्यहरूले धेरै भाषामा गीत तयार हुँदाको अनुभव सुनाएका थिए ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  २१:३४
प्रतिक्रिया दिनुहोस्