‘सरकारी अस्पताल रेफरल सेन्टरमा परिणत हुनु चिन्ताको विषय’

आइतबार, साउन २८, २०८०

गोलबजार–  सप्तरीमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले मधेस प्रदेशका सरकारी अस्पताल रेफरल सेन्टरका रूपमा परिणत हुँदै जानु चिन्ताको विषय भएको बताएका छन् ।

जिनिस हस्पिटल प्रालिको समुद्घाटन समारोहमा सरकारी अस्पतालको अवस्थामा सुधार ल्याउनुपर्नेमा जोड दिँदै उनले निजी स्तरबाट सञ्चालन भए पनि उपभोक्तालाई सरल सहज न्यून शुल्कमा उपचार गर्न आग्रह गरे ।  

सो अवसरमा उपराष्ट्रपति यादवले सुरुङ्गा नगरपालिका–५  कुसाहामा निर्मित एक सय शय्याको अस्पतालको उद्घाटन भएको हो । महेन्द्र राजमार्गको किनारमा तेह्र कठ्ठा क्षेत्रफलमा रु तीस करोडको लगानीमा सुविधा सम्पन्न अस्पताल निमार्ण भएको हो । 

अस्पतालका सञ्चालक डा बिजेन्द्र यादवका अनुसार एक महिनासम्म सबै किसिमका ल्याब जाँचदेखि लिएर अस्पतालमा उपलब्ध सेवाहरू निःशुल्क नरहेको जानकारी दिए । उनले हस्पिटलमा जटिल रोगको पनि उपचार हुने बताए ।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  २०:०४
प्रतिक्रिया दिनुहोस्