माओवादी केन्द्रको केन्द्रीय समिति बैठक

अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई समर्थन, कार्यान्वयनमा जोड

बिहीबार, साउन १८, २०८०

काठमाडौँ– नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनलाई समर्थन गर्दै कार्यान्वयनमा जोड दिएका छन् ।  

बैठकको दोश्रो दिनको बैठकमा अध्यक्षको प्रतिवेदनमाथि मुलभुत रुपमा समर्थन गर्दै कार्यान्वयनमा जोड दिएको प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए । उनीहरुले माओवादी नेतृत्वको सरकारले पछिल्लो समयमा गरेका कामहरु राम्रो भएपनि पार्टीलाई अल्मलिएको जस्तो देखिएको धारणा राखेका थिए ।

त्यस्तै, बैठकमा अध्यक्ष प्रचण्डले पार्टीलाई सुधारेर अघि लैजान आफु प्रतिवद्ध रहेको भन्दै यसमा सवैले साथ दिनुपर्ने धारणा राखेका थिए । बिहीबारसम्म ५७ जना सदस्यहरुले धारणा राखेको र धारणा राख्ने क्रम शुक्रबार पनि जारी रहने प्रवक्ता महराले जानकारी दिनुभयो ।

त्यस्तै महराले सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र राजनीतिक प्रभाव देखिएको बताए ।

बैठकमा सदस्यहरूलाई बोल्नका लागि ५ मिनेटको समय उपलब्ध गराइएको छ । बुधबारबाट सुरु बैठक पाँच दिनसम्म चल्ने माओवादी केन्द्रले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १८:०४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार