मनाङमा भुइँ बारुला पोलेर खाँदा ६ जना बिरामी, सबै अचेत 

बुधबार, साउन १७, २०८०

मनाङ– हिमाली जिल्ला मनाङमा भुइँ बारुला (सिङ्गुस) खाँदा ६ जना बिरामी परेका छन् । 

मङ्गलबार दिउँसो चामे गाउँपालिका–३ कोतोस्थित मनाङमा काम गर्ने ६ जना मजदुरले सिङ्गुस पोलेर खाँदा बिरामी परेका हुन् । 

गोर्खाका सेते तामाङ, पहलमान थापा, उदयपुरकी लीला तामाङ, गोर्खाका दलबहादुर आले, गुन्जमान थापा, धादिङका प्रेमबहादुर घले, गोर्खाका वनबहादुर आले बिरामी परेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरीक्षक नवीनकुमार भण्डारीका अनुसार सिङ्गुस खाएका सात जनालाई लमजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

“सिङ्गुस खाएर रातिदेखि मुटु, छाती र सबै जीउ पोल्न थालेपछि उनीहरूलाई थप उपचारको लागि लमजुङ अस्पताल पठाइएको छ”, प्रनाउ भण्डारीले भने ।

उनका अनुसार सबै बिरामी अचेत अवस्थामा रहेका छन् । सिङ्गुस खाएर ३५ देखि ४८ उमेर समूहको रहेको उनले बताए ।

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  २१:३६
प्रतिक्रिया दिनुहोस्