नेपाली चलचित्र

चलचित्र ‘महाजात्रा’ र ‘द्रव्यम’को तयारीमा षट्कोण

बुधबार, साउन ३, २०८०

काठमाडौँ– नेपाली चलचित्रलाई फरकरूपमा प्रस्तुत गर्ने निर्माण कम्पनी षट्कोण आर्टस्ले दुई चलचित्रको तयारी सुरु गरेको छ ।

‘जात्रा’ शृङ्खलासँगै ‘महापुरूष’ निर्माण गरेको यो कम्पनीले निर्देशक प्रदीप भट्टराईको निर्देशनमा ‘महाजात्रा’ र मनोज पण्डितको निर्देशनमा ‘द्रव्यम’ यहीँ वर्ष निर्माण गर्ने तयारी गरिरहेको छ ।

मानवीय संवेदनाको कथावस्तुमा आधारित रहेर तयार हुने ‘द्रव्यम’ दसैँ अगाडि छायाङ्कन हुने निर्माता दीपेश खत्रीले जानकारी दिए । उनले भने, “यो वर्ष दुई चलचित्र निर्माण गर्ने तयारी भइरहेको छ । दुवै फरक विधाअन्तर्गत रहेर तयार गर्दैछौँ ।”

यस्तै, निर्देशक भट्टराईको लेखन रहेको चलचित्र ‘महाजात्रा’मा विपिन कार्की, रवीन्द्र झा र रवीन्द्रसिंह बानियाँले शीर्ष भूमिका निर्वाह गर्नेछन् । यो सफल शृङ्खलाको तेस्रो भाग हुनेछ । 

“हामीप्रति दर्शकको अपेक्षा बढेको महसुस भएको छ । हामीले आफूलाई पनि अघिल्लो शृङ्खलाभन्दा सशक्त बनाउने छौँ”, निर्देशक भट्टराईले भने ।

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  २१:००
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार