मन्त्रिपरिषद् बैठक

स्थानीय तहलाई कटौती गरिएको वित्तिय अनुदान हस्तान्तरण गर्ने सरकारको निर्णय

बिहीबार, असार २१, २०८०

काठमाडौँ– सरकारले स्थानीय तहलाई यसअघि कटौती गरिएको मध्ये ४० प्रतिशत वित्तिय समानीकरण अनुदानको रकम हस्तान्तरण गर्ने निर्णय गरेको छ ।  

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी अन्तिम किस्ताको वित्तिय समानीकरण अनुदान रकम हस्तान्तरण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

यसअघि बैशाखमा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी अन्तिम किस्ताको वित्तिय समानीकरण अनुदानको रकम ५० प्रतिशत अर्थात ५ अर्व ९ करोड रुपैयाँ कटौती गरिएकोमा अहिले त्यसमध्ये ४० प्रतिशत रकम स्थानीय तहलाई हस्तान्तरण गर्ने निर्णय भएको उनले बताइन् ।

उनले मिटरव्याज सम्बन्धी कानूनलाई अघि बढाउने बिषयमा भने सदनमा नै छलफल हुने जानकारी दिइन् ।

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १८:२१
प्रतिक्रिया दिनुहोस्