Nic Ad Nic Ad
Nic Ad Nic Ad

एसइई नतिजा : कति विद्यार्थीले ल्याए कुन ‘जिपिए’ ?

बिहीबार, असार २१, २०८०

काठमाडौँ – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सार्वजनिक नतिजाअनुसार २२ हजार चार सय जनाले तीन दशमलव ६० देखि चार ’जिपिए’ ल्याएका छन् । 

यस्तै ५५ हजार ६९ जना विद्यार्थीले तीन दशमलव २० देखि तीन दशमलव ६० जिपिए ल्याएका छन् । ७२ हजार तीन सय जनाले दुई दशमलव ८० देखि तीन दशमलव ६०, ८९ हजार तीन सय जनाले दुई दशमलव ४० देखि दुई दशमलव ८० जिपिए ल्याएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

सबैभन्दा धेरै एक लाख दुई हजार जना विद्यार्थीले दुईदेखि दुई दशमलव ४० जिपिए ल्याएका छन् । 

गत चैत १७ गतेदेखि भएको परीक्षामा चार लाख ८५ हजार तीन सय ९६ जना विद्यार्थी सहभागी थिए ।

विसं २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई ’ए प्लस’, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ’ए’, ७० देखि ८० भन्दा कम ल्याउनेलाई ’बी प्लस’ ग्रेड प्रदान गरिन्छ । 

त्यस्तै ६० देखि ७० भन्दा कम ल्याउनेलाई ’बी’, ५० देखि ६० भन्दा कम ल्याउनेलाई ’सी प्लस’, ४० देखि ५० भन्दा कम ल्याउनेलाई ’सी’, ३० देखि ४० भन्दा कम ल्याउनेलाई ’डी प्लस’, २० देखि ३० ल्याउनेलाई ’डी’ र २० भन्दा कम ल्याउनेलाई ’ई’ ग्रेड प्रदान गरिन्छ । 

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसइईको नतिजा आज सार्वजनिक गरेको हो ।

see1688640079.JPG

       

            

     

    
 

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १६:२६
प्रतिक्रिया दिनुहोस्