हेगस्थित बेलारुसको दूतावासमा आक्रमण

सोमबार, असार १८, २०८०

हेग– हेगमा रहेको बेलारूसी दूतावासमा आइतबार अज्ञात व्यक्तिहरूले आक्रमण गरेको रूसी समाचार एजेन्सी तासले जनाएको छ।

‘घटना जुलाई २ मा बिहानको समयमा भएको,’ बेलारूसी दूतावासले  उल्लेख गरेको छ । दूतावासले आक्रमणकारीहरूलाई डच प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

डच प्रसारकका अनुसार आक्रमणकारीहरूले दूतावासको भवनको झ्यालहरू तोडेको र भवनमा ढुङ्गा  प्रहार गरेको बताएका छन् । आक्रमणकारीहरूले भवना भित्ताहरूमा विभिन्न किसिमका नाराहरू पनि लेखेका थिए । ती नाराहरूमा बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्कोलाई आतङ्कवादसँग जोडिएको छ ।

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १९:०८
प्रतिक्रिया दिनुहोस्