पाकिस्तानमा महिला र बालबालिकाविरुद्ध ४ महिनामा ९ सयभन्दा बढी हिंसाका घटना 

मंगलबार, असार १२, २०८०

इस्लामाबाद– पाकिस्तानमा यो वर्षको पहिलो चार महिनामा सिन्ध प्रहरीमा महिला र बालबालिकाविरुद्ध हिंसाका ९०० भन्दा बढी घटना दर्ता भएका सस्टेनेबल सोसियल डेभलपमेन्ट अर्गनाइजेसन ९एसएसडीओ० को एक प्रतिवेदनमा उल्लेख गरिएको छ । 

    प्रतिवेदनले यस्ता घटनाको रिपोर्टिङ गर्ने सामाजिक निषेधका कारण यो सङ्ख्या अझ बढी हुन सक्ने उल्लेख गरेको छ । विशेषगरी यस अवधिमा ५२९ महिला अपहरणमा परेका छन् भने घरेलु हिंसाका घटना ११९ पुगेका छन् । यसबाहेक बलात्कारका ५६ र पारिवारिक प्रतिष्ठाका लागि भएका हत्या (अनर किलिङ)का ३७ घटना भएका छन् ।

    कराँची, हैदरावाद र केमारी जिल्लाहरू महिलाविरुद्ध हिंसात्मक अपराधका लागि हटस्पटका रूपमा देखा परेका छन् । बालबालिकामाथि हुने हिंसाको सन्दर्भमा, यौन हिंसा सबैभन्दा बढी प्रचलित छ र यसमा ६७ घटनाहरू रिपोर्ट गरिएका थिए । प्रतिवेदनले सबै नागरिक, विशेषगरी महिला र बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सरकार, प्रहरी र न्यायपालिकाको ध्यान र कारबाहीको आवश्यकतामा जोड दिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १०:२४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार