चलचित्र रिलिजका लागि ‘परस्त्री’को टिम मुम्बईमा

सोमबार, असार ११, २०८०

काठमाडौँ– सुरज पाण्डेको डेब्यू निर्देशनको नेपाली चलचित्र ‘परस्त्री’को अहिले प्रचार–प्रसारको काम व्यापक भइरहेको छ । निर्माण टिम अहिले चलचित्र भारतमा रिलिज गर्न मुम्बईमा छ ।

निर्मात्री शर्मिला पाण्डे र निर्देशक पाण्डे कलाकारसहितको टिम लिएर अहिले मुम्बईमा विभिन्न मिडिया र भारतमा रहेका नेपालीमाझ सिनेमाको प्रचार गरिरहेका छन् । आइतबार संयुक्त नेपाली महासंघ मुम्बईले परस्त्री निर्माण टिमलाई एक कार्यक्रमका बीच सम्मान तथा सत्कार गरेको छ ।

आइतबार नै चलचित्रको निर्माण टिमले मुम्बईमा पत्रकार सम्मेलन गर्दै सिनेमाको कथावस्तु र भारत प्रदर्शनको उद्देश्यका बारेमा अन्र्तक्रियासमेत गरेको थियो । चलचित्रमा विवाहोत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथाबस्तु रहेको बताइएको छ । 

No description available.

चलचित्रलाई नीरज कँडेल छायांकन गरेका हन् । चलचित्रमा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय रहेको छ । 

चलचित्रलाई शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन् । खनाल सिनेमाका लेखकसमेत हुन् । सिनेमालाई जिजिए ग्रुप र डिसिएनले वितरण गर्दैछन् ।
 

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  ११:१८
प्रतिक्रिया दिनुहोस्