गायक सपुतमाथि रोमानियामा बियरको बोतल प्रहार

सोमबार, असार ११, २०८०

काठमाडौँ– नेपालका लोक तथा दोहोरी गायक प्रकाश सपुतमाथि रोमानियामा बियरको बोतल प्रहार भएको छ । 

रोमानियामा शनिबार आयोजित एक कार्यक्रममा दर्शकदीर्घाबाट उनीमाथी बियरको बोतल प्रहार भएको हो ।  

सपुतले गीत गाइरहेको बेला अचानक एक दर्शकले बोतल प्रहार गरेका थिए ।

गायक सपुतलाई बोतल प्रहार भएको भिडियो यतिबेला समाजिक टिकटकलगायत सञ्जालहरूमा भाइरल भइरहेको छ । 

आफ्नै सुरमा गीत गाइरहेका सपुतको अनुहारमै बोतल लागेको थियो । आयोजकले तत्कालै बोतल प्रहार गर्नेलाई समातेका थिए ।

गायक सपुतले भने स्टेज छोडेका थिए । 
 

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १०:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार