युएईका विदेशमन्त्री र बेलायत विदेश राष्ट्रमण्डल प्रतिनिधिबीच भेटवार्ता

शनिबार, असार ९, २०८०

अबुधाबी– युएईका विदेश मन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाह्यानले मध्यपूर्व, उत्तर अफ्रिका, दक्षिण एसिया र संयुक्त सङ्घका राज्यमन्त्री लर्ड तारिक अहमदसँग भेटवार्ता गरेका छन् । उनी बेलायत विदेश राष्ट्रमण्डल र विकास कार्यालय एवम् द्वन्द्व रोकथाम विषयमा प्रधानमन्त्रीका विशेष प्रतिनिधि हुन् । 

    अबुधाबीमा भएको भेटवार्तामा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र आपसी सहयोग र साझेदारीको समीक्षा भएको बताइएको छ । उनीहरूबीच आपसी हितका विभिन्न विषय, द्वन्द्वग्रस्त क्षेत्रमा नागरिकको सुरक्षा, उनीहरूलाई सहयोग र मानवीय प्रतिक्रिया प्रदान गर्ने बारे पनि छलफल गरेका थिए ।

    सो अवसरमा अन्तरराष्ट्रिय सङ्गठनको ढाँचामा संयुक्त सहयोगको समीक्षा, विकास र समृद्धिका लागि जनताको आकाङ्क्षा पूरा गर्नुका साथै विभिन्न क्षेत्र, विश्वको सुरक्षा, शान्ति र स्थिरता अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको थियो ।

    शेख अब्दुल्लाह बिन जायद, लर्ड तारिक अहमद बीच युएई–युके सम्बन्धको गहिराइ, विभिन्न क्षेत्रमा दुई देशद्वारा प्राप्त विशिष्ट रणनीतिक साझेदारीमा जोड दिइएको बताइएको छ ।
 

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्