रुसको एक कारखानामा विष्फोट : ४ जनाको मृत्यु

बुधबार, असार ६, २०८०

मस्को– रुसको दक्षिणपश्चिमी ताम्बोभ क्षेत्रमा मङ्गलबार भएको बारूद कारखानामा विष्फोटबाट भएको आगलागीमा परी कम्तीमा चार जनाको मृत्यु हुनाको साथै अन्य दुईजना घाइते भएका छन् ।

कोटोभस्क शहरमा रहेको बारूद कारखानाको भवनमा विष्फोट भएको हो । विष्फोटबाट लागेको आगो केही समयपछि निभाइएको तास समाचार एजेन्सीले जनाएको छ।

‘मानवीय त्रुटिका कारण उक्त घटना भएको थियो। म कुनै शङ्का नगरी भन्न सक्छ– यो आतङ्कवादी हमला थिएन।  यद्पयि त्यहाँ कुनै हताहती भने भएन,’ ताम्बोभ क्षेत्रका प्रमुख म्याक्सिम येगोरोभले भनेका छन् ।  उनले  दुर्घटनाबाट प्लान्टका कामदार वा छिमेकी बस्तीका बासिन्दाहरूलाई कुनै पनि कुराले खतरा नरहेको बताएका छन् ।

दुर्घटनाबारे छानबिन भइरहेको छ ।
 

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १३:५९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार