विवादित भारतीय चलचित्र ‘आदिपुरुष’को प्रदर्शन नेपालभर रोक्ने वितरकको निर्णय

सोमबार, असार ४, २०८०

काठमाडौँ– विवादित भारतीय चलचित्र ‘आदिपुरुष’को प्रदर्शन अब देशभर (नेपालभर) रोकिने भएको छ ।

वितरण कम्पनी ब्यांकटेस फिल्म्सले आजदेखि देशव्यापी प्रदर्शन रोक्ने निर्णय गरेको कम्पनीका निर्देशक मनोज राठीले बताए ।

निर्णयपछि सबैतिर फिल्मको प्रदर्शन रोकिएको उनको दाबी छ ।

जानकी भारतकी छोरी हुन् भन्ने संवादलाई लिएर आदिपुरुष विवादित बनेको छ । यसै संवादलाई आपत्ति जनाउँदै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले फेसबुकमार्फत यसलाई भारतमा सच्याउन तीन दिनको समय दिएका थिए । तर नसच्याइएको भन्दै आजदेखि भारतीय फिल्मलाई निषेध गर्ने निर्णय उनले गरेका छन् ।

यसैबीच, धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले पनि आदिपुरुषको प्रदर्शन रोक्न आदेश दिएका छन् ।
 

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १२:१९
प्रतिक्रिया दिनुहोस्