काठमाडौंमा रोकिएकाे ‘आदिपुरुष’काे प्रदर्शन हलवालाले गरे सुचारु

शुक्रबार, असार १, २०८०

कााठमाडौं -  काठमाडौं उपत्यकामा रोकिएको भारतीय फिल्म ‘आदिपुरुष’को  प्रदर्शन सुचारु भएकाे छ । काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहले हिन्दी फिल्म ‘आदिपुरुष’ मा उल्लेखित शब्दबारे आपत्ति जनाउँदै सामाजिक सञ्जालमार्फत दिएको चेतावनी दिएकपछि बिहानी प्रदर्शन राेकिएकाे थियाे ।

फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने गलत सूचनाले विवाद चर्किएपछि काठमाडौं उपत्यकामा यो चलचित्रको शुक्रबारको बिहानी शो स्थगित भयाे ।

तर, चलचित्र संघको शुक्रबार बिहान बसेको बैठकले यसबारेमा कुनैपनि आधिकारिक पत्र प्राप्त नआएकाले फिल्म निर्वाध रुपमा हलहरुमा प्रदर्शन गर्ने बारेमा छलफल भएको बताएकाे छ ।

विभिन्न राजनीतिक दलका भ्रातृ संगठन र  बालेन शाह लगायतले चलचित्रलाई लिएर विरोध जनाएपछि हलहरूले असुरक्षित महसुस गर्दै बिहानी शो नदेखाएकाे बताएका छन्

 

 

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १३:१५
प्रतिक्रिया दिनुहोस्