काठमाडौँ महानगरभित्र हिन्दि फिल्म चल्न नदिने बालेनको घोषणा

बिहीबार, जेठ ३२, २०८०

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले काठमाडौँ महानगरभित्र कुनैपनि हिन्दि फिल्म चल्न नदिने घोषणा गरेका छन् ।

आज सामाजिक सञ्जालमार्फत प्रमुख शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नहटाएसम्म काठमाडौँ महानगरभित्र कुनैपनि हिन्दि फिल्म चल्न नदिने घोषणा गरेका हुन् ।

उनले उक्त शब्द हटाउन ३ दिनको अल्टिमेटमसमेत दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तबसम्म काठमाडौ महानगर पालिका भित्र कुनैपनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस ।’

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १९:३७
प्रतिक्रिया दिनुहोस्