रुसद्वारा नक्कली शत्रुको पनडुब्बी जहाजमाथि आक्रमण

मंगलबार, जेठ ३०, २०८०

भ्यादिभोस्टोक– रुसी प्रशान्त फ्लीट जहाजहरूको समूहले जापानको सागर र ओखोत्स्कको सागरमा सञ्चालित अभ्यासका क्रममा एउटा नक्कली शत्रुको पनडुब्बीलाई सफलतापूर्वक पत्ता लगाएर आक्रमण गरेको छ । 

फ्रिगेट मार्शल शापोश्निकोभ र दुई ठूला पनडुब्बी विरोधी जहाजहरू एडमिरल ट्रिबट्स र एडमिरल पेन्टेलेभ मिलेर बनेको समूहले सिमुलेटेड पनडुब्बी रहेको शङ्कास्पद स्थानमा आक्रमण गरेर नष्ट गरेको प्रेस सेवाले जनाएको छ । 

प्यासिफिक फ्लीट कमाण्डर एडमिरल भिक्टर लिनाको नेतृत्वमा ६० भन्दा बढी युद्धपोत र सहयोगी जहाज, ३५ नौसैनिक विमान, तटीय सेना र ११ हजारभन्दा बढी सैनिकहरू सम्मिलित अभ्यासहरू जुन ५ देखि २० सम्म हुँदैछ।
 

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १५:४८
प्रतिक्रिया दिनुहोस्