अफगानिस्तानमा विष्फोट : डेपुटी प्रान्तीय गभर्नरसहित २ जनाको मृत्यु, ६ जना घाइते

बुधबार, जेठ २४, २०८०

फेजाबाद– अफगानिस्तानको प्रान्तीय राजधानी फैजाबादमा मङ्गलबार भएको विष्फोटमा परी डेपुटी गभर्नरसहित दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । 

सूचना तथा संस्कृतिका प्रान्तीय निर्देशक कारी माजुद्दिन अहमदीका अनुसार ‘फैजाबाद सहरमा  भएको विस्फोमा बदख्सान प्रान्तका डेपुटी गभर्नर मौलावी निसार अहमद अहमदीसहित दुई जनाको मृत्यु भएको छ र अन्य ६ जना घाइते भएका छन् । घाइते सबैलाई अस्पताल लगिएको छ ।’

स्थानीय समयअनुसार बिहान ०८ः१५ बजे फैजाबाद सहरको चराही महकामा क्षेत्रमा कार बम विस्फोट भएको हो ।

घातक हमलाको जिम्मेवारी लिने कुनै समूहको बारेमा जानकारी सार्वजनिक गरिएको छैन । 
 

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १०:५३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार