खैबर पख्तुनख्वामा गोली हानाहान : २ पाकिस्तानी सैनिकको मृत्यु

सोमबार, जेठ २२, २०८०

खैबर पख्तुनख्वा– पाकिस्तानस्थित खैबर पख्तुनख्वाको बन्नु जिल्लामा आतङ्कवादीहरूसँगको गोली हानाहानमा दुई पाकिस्तानी सैनिकको मृत्यु भएको छ ।  एआरवाई न्युजले अन्तर(सेवा जनसम्पर्क (आइएसपिआर)लाई उद्धृत गर्दै जनाएअनुसार गोलीबारीमा दुई आतङ्ककारी मारिएका छन् ।

सेनाको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘पाकिस्तानका सुरक्षा बलहरू आतङ्कवादको खतरा हटाउन कटिबद्ध छन् र हाम्रा बहादुर सिपाहीहरूको बलिदानले हाम्रो संकल्पलाई अझ बलियो बनाउँछ ।’

यसैबीच आइएसपिआरले अघिल्लो दिन मात्र खैबर पख्तुनख्वाको उत्तरी वजिरिस्तान जिल्लामा सुरक्षा बलले दुई जना आतङ्ककारीलाई मारेको बताएको थियो।

उत्तरी वजिरिस्तान जिल्लाको दोसाली क्षेत्रमा आतङ्कवादी र सुरक्षा बलहरू बीच गोली हानाहान भएको थियो। 

पाकिस्तानी सुरक्षा बलहरूले तीन दिन अघि उत्तरी वजिरिस्तान जिल्लामा गुप्तचर– आधारित अपरेशन (आइबिओ)मा दुई आतङ्ककारीलाई गोली हानी मारेका थिए।
 

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १०:५३
प्रतिक्रिया दिनुहोस्