जापानले सन् २०३० सम्ममा गर्मीका कारण हुने मृत्यु आधा घटाउने 

मंगलबार, जेठ १६, २०८०

टोकियो– जापान सरकारले मङ्गलबार पाँच वर्षे कार्ययोजना लागू गरेको छ । गर्मीका कारण विगत पाँच वर्षमा वार्षिक औसत १,२९५ को निधन हुने गरेकामा सन् २०३० सम्ममा  त्यसता मृत्युको सङ्ख्या आधा घटाउने लक्ष्य राखिएको छ।

मन्त्रिपरिषद्द्वारा स्वीकृत कार्ययोजनामा गर्मी स्ट्रोकसँग लड्नका  लागि विभिन्न उपायहरू अवलम्वन गर्ने गरी कानून परिमार्जन गरिएको  छ । 

योजना अन्तर्गत सरकारले वृद्धवृद्धाहरूलाई आवश्यक पर्दा एयर कन्डिसनर प्रयोग गर्न र अप्रिल र सेप्टेम्बरको बीचमा पर्याप्त पानी र नुनसेचन गर्न  पनि आह्वान गर्ने योजनामा समावेश छ । 

त्यसैगरी, अत्यधिक गर्मीयाममा वृद्ध र अपाङ्गता भएका व्यक्तिहरू लक्ष्यित विशेष योजना ल्याइने छ । विगत पाँच वर्षमा गर्मीका कारण हुने मृत्युमध्ये ८० प्रतिशतभन्दा बढी ६५ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिहरू  हुने गरेको पाइएको छ । घरभित्रै मृत्यु भएकामध्ये करिब ९० प्रतिशतले एयर कन्डिसनर प्रयोग नगरेको वा घरमा वातानुकूलनको व्यवस्था नभएको पाइएको छ ।

सरकारले विद्यालयका कक्षाकोठा र जिममा एयर कन्डिसनर जडान गर्न र बालबालिकालाई स्कूल बसमा आवश्यक मापदण्ड नपुगी यसै छोड्न नदिन विभिन्न उपायहरू प्रवर्द्धन गर्न पनि सहयोग गर्ने बताएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १९:०४
प्रतिक्रिया दिनुहोस्