श्रीलङ्काले मेको अन्त्यबाट साप्ताहिक इन्धन कोटा बढाउने

मंगलबार, जेठ १६, २०८०

कोलम्बो– श्रीलङ्काका साप्ताहिक रूपमा प्रदान गर्दै आएको इन्धन कोटा बढाउने भएको छ ।  ऊर्जामन्त्री कञ्चना विजेसेकराले बढेको नयाँ इन्धन कोटा मे ३० मध्यरातबाट उपलब्ध हुने बताएका छन् । 

नयाँ योजनाअन्तर्गत तीन पाङ्ग्रे सवारीहरूले प्रति हप्ता २२ लिटर (१५ लिटर बाट माथि) सम्मको इन्धन किन्न सक्नेछन् भने मोटरसाइकलले १४ लिटर (७ लिटरबाट माथि) किन्न सक्नेछन् । 

त्यसैगरी बसहरूले  १२५ लिटर (६० लिटरबाट माथि), कार ४० लिटर (३० लिटरबाट माथि०, र अन्य भूमिगत सवारीहरूले ४५ लिटर २५ लिटरबाट माथि) किन्न सक्नेछन् ।

यसैबीच लरीहरूले १२५ लिटर (७५ लिटरबाट माथि) किन्न सक्नेछन् भने क्वाड्रिसाइकलहरूले १४ लिटर (६ लिटरबाट माथि) किन्न सक्नेछन् । 

विदेशी मुद्रा सञ्चिति अभावका कारण इन्धनको अभाव भएपछि श्रीलङ्काले सन् २०२२ को मध्यदेखि इन्धन खपतमा मितव्यिता अपनाउँदै आएको छ ।
 

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  ०७:४४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार